हेटौंडा अस्पतालमा १२ घन्टाको अवधिमा ३ कोरोना संक्रमितको मृत्यु 

हेटौंडा खबर
२० बैशाख २०७८, सोमबार ११:५३

हेटौंडा अस्पतालमा १२ घन्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा ३ संक्रमितको मृत्यु  भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सगर काफ्लेले पुष्टि गरे ।

गएराती ९ बजे हेटौंडा उपमहानगरपालिका -१ निवासी ५५ बर्षिय पुरुष संक्रमितको मृत्यु भएको थियो । त्यस्तै आज बिहान बाराको अमलेखगन्ज निवासी ४६ बर्षका पुरुष संक्रमित र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षिया महिला संक्रमितको मृत्यु भएको काफ्लेले जानकारी दिए ।

हिजो आइतबार एन्टीजिन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछी इमर्जेन्सी वार्डमा उपचारका लागि आएका हेटौंडा-१ का पुरुषलाई स्वासप्रस्वासमा समस्या भएपछी भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।

त्यस्तै बारामा कोरोना पुष्टि भएपछी उपचारका लागि गएराती १२ बजे हेटौंडा अस्पतालको आइसोलेसनमा भर्ना भएका अमलेखगन्जका संक्रमित पुरुषको स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको डाटा अनुसार हाल जिल्लामा कोभिड सक्रिय संक्रमित साढे छ सय रहका छन् । जसमा ६१५ जना होम आइसोलेसनमा बसेका छन् भने २९ जना सस्थागत आइसोलेसनमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*