हेटौंडामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
२० बैशाख २०७८, सोमबार १४:४६

हेटौंडामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार सार्वजनिक विवरण अनुसार ३३ पुरुष र ३० जना महिलामा कोभिड १९ को संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारी दिए ।

आइतबार हेटौंडा अस्पतालमा रहेको ल्याबमा गरिएको परिक्षणमा ५७ जना र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।

हेटौंडा अस्पतालमा ७८ जनाको स्वाब परिक्षणमा ५७ जना र १० जनाको एन्टीजिन परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये एकजना मनहरी गाउँपालिकाका र एकजना बरा जिल्लाको रहेको बताइएको छ ।

अन्य सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आजको विवरण अनुसार सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिका-५ का २३ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*