मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि, १४ जना डिस्चार्ज

हेटौंडा खबर
२० बैशाख २०७८, सोमबार १७:२८

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसोको विवरण अनुसार पिसिआर परिक्षण गर्दा ५७ जनामा र एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २२ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ६९ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा ११ जना, मनहरी गाउँपालिकामा ६ जना , कैलाश गाउँपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ११ जना र सस्थागत आइसोलेसनबाट ३ जना डिस्चार्ज भएका हुन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६५० पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ७०० कटेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*