हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२१ बैशाख २०७८, मंगलवार ०८:५९

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचार गराइरहेकी एक महिलाको आज बिहान मृत्यु भएको अस्पतालका मेसु डाक्टर प्रविन श्रेष्ठले पुष्टि गरे ।

हेटौंडा उपमहानगरपालिका ६ निवासी ४१ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनले हिजो पिसिआर परिक्षणका लागि स्वाब दिएकी थिईन् ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल आएकी उनको आज बिहान साढे ४ बजे निधन भएको श्रेष्ठले बताए । मृत्यु पश्चात उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।

अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । आइतबार राति हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ बर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान बारा अमलेखगन्ज निवासी ४६ बर्षिय संक्रमित पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*