मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना पुष्टि, २ जनाको निधन

हेटौंडा खबर
२१ बैशाख २०७८, मंगलवार १४:५६

मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसो २ बजेको विवरण अनुसार ९३ जनाको पिसिआर परिक्षण गर्दा ५७ जना र ४२ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा १९ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ५९ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८ जना र सस्थागत आइसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ७२२ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित ८५१ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मकवानपुरमा पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार हालसम्म मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ४० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*