पर्सामा निषेधाज्ञाको अवधि थप्न सिफारिस

हेटौंडा खबर
२१ बैशाख २०७८, मंगलवार १६:१०

पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि  एक हप्ता थप्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अधयक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लम्ब्याउनुपर्ने निस्कर्ष निकाल्दै सिफारिस गर्ने निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*