सिडिओको आदेश : हेटौंडामा भोलिदेखि खाद्यान्न पसल बिहान ८ बजेसम्म मात्रै खोल्नुपर्ने

हेटौंडा खबर
२१ बैशाख २०७८, मंगलवार १७:४०

मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल बिहान ८ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गरि अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्रि वितरण गर्ने पसल विहान ५ बजेदेखि विहान ८ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेले आज एक सुचना जारी गर्दै यस्तो आदेश दिएका हुन् ।

त्यस्तै सुचनामा औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका बर्कसप नियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने  उल्लेख गरिएको छ ।

यो आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ सुचनामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*