हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु, २४ घण्टामा ३ जनाको ज्यान गयो

हेटौंडा खबर
२२ बैशाख २०७८, बुधबार ०९:५७

हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले पुष्टि गरे ।

मकवानपुरगढी गाउँपालिका ५ निवासी ६८ बर्षिय पुरुष संक्रमितको कोरोना संक्रमणका कारण आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बिहान हेटौंडा -६ निवासी ४१ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो भने दिउसो बारा अमलेखगन्ज २१ निवासी ५९ बर्षिय पुरुष संक्रमितको कोरोना संक्रमणका कारण  मृत्यु भएको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published.


*