सुनको मूल्य घट्यो

हेटौंडा खबर
२२ बैशाख २०७८, बुधबार ११:५१

नेपालमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

बुहबार प्रतितोला ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*