हेटौंडाको चुरेहिल अस्पताललाई ‘कोभिड अस्पताल’ बनाइने

हेटौंडा खबर
२२ बैशाख २०७८, बुधबार १५:१०

हेटौंडाको चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले हेटौडा उपमहानगरपालिका वडा नं. ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, मकवानपुरमा सिफारिस गर्न गठित समितिबाट प्राप्त सिफारिसको आधारमा हेटौडा चुरेहिल अस्पतालमा आइसीयु सहित २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै बैठकले हेटौडा अस्पताललाई तत्काल आवश्यक रहेको स्वास्थ्यकर्मी हेटौडा उपमहानगरपालिकाले काजमा खटाई पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*