मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना पुष्टि, हेटौंडामा मात्र १०० थपिए

हेटौंडा खबर
२२ बैशाख २०७८, बुधबार १६:३४

मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउसो २ बजेको विवरण अनुसार १८१ जनाको पिसिआर परिक्षण गर्दा १०२ जना र ५६ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २९  जना संक्रमित थपिएका हुन् ।

जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १०० जना छन् ।त्यस्तै थाहा नगरपालिकामा २१ जना, मनहरी गाउँपालिकामा ३ जना, भीमफेदी गाउँपालिकामा १ जना, बागमती गाउँपालिकामा १ जना, मकवानपुरगढी गाउँपालिकामा ४ जना र राक्सिरांगमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । आज सस्थागत आइसोलेसनबाट भने कोहीपनि डिस्चार्ज भएका छैनन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ८५३ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित १ हजार ३२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मकवानपुरमा पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार हालसम्म मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ४२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*