अक्सिजनको सिलिण्डर बोकेको ट्रक दुर्घटना

हेटौंडा खबर
२३ बैशाख २०७८, बिहीबार १४:२५

कैलालीमा अक्सिजनको सिलिण्डर बोकेको ट्रक दुर्घटनामा परेको छ । ट्रक दुर्घटना हुँदा चार सामान्य घाईते भएका छन् ।

नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका ५ को डोकेबबजार क्षेत्रमा बिहीवार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए ।

बर्दियाका २८ बर्षिय कर्ण बहादुर थापाले चलाएको ट्रकको पछाडीको टायर पड्किदा अनियन्त्रित हुन गई दुर्घटना भएको उनले बताए । सो ट्रक नेपालजञ्जबाट महेन्द्रनगरको महाकाली अस्पतालको लागि अक्सिजन ग्यासको सिलिण्डर लिएर आउदै थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*