मकवानपुरमा पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
२३ बैशाख २०७८, बिहीबार १५:१७

मकवानपुरमा पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बिहिबार दिउसो २ बजेको विवरण अनुसार ८० जनाको पिसिआर परिक्षण गर्दा ६३ जना र ५० जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३४  जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ६० जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १२ जना, मनहरी गाउँपालिकामा २१ जना, बागमती गाउँपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा आइसोलेसनबाट कोहीपनि डिस्चार्ज भएका छैनन् ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९५० पुगेको छ भने जिल्लामा सक्रिय संक्रमित १ हजार ८५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*