हेटौंडा अनुगमन : अनुमति बिना संचालित औषधी पसल शिल

हेटौंडा खबर
२३ बैशाख २०७८, बिहीबार १७:३४

अनुमति बिना संचालन गरिरहेको हेटौँडाको एक औषधी पसल शिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौँडा –६ गौरीटार स्थित जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो । दर्ता अनुमति बिना र मान्यताप्राप्त स्वास्थ्यकर्मी नराखी औषधि बेचविखन गरिसंचालन गरिरहेको पाइएपछि औषधी पसललाई शिल गरिएको हो ।

उक्त पसललाई १० हजार जरीवाना गरिएको जिल्ला प्रशासन मकवानपुरले जनाएको छ ।

हेटौंडा बजार देखि चौघडा, चुच्चेखोला, हटिया क्षेत्रमा १६ स्थानमा प्रशासनले बिहिबार अनुगमन गरेको जनाएको छ । औषधी तथा खाद्यान्न पसलमा अनुगमन गर्दा कैफियत देखिएका पसलहरुलाई गल्ती सुधार गर्न सात दिनको समयसिमा दिइएको उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि बासु खतिवडाले जानकारी दिए ।

उक्त पसलहरुमा म्याद नाघेका खाद्यान्न सामाग्रीहरु फेला पारी जफत गरि नष्ट गरेको उनले बताए ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, हेटौँडा उपमहानगरका प्रतिनिधि, जिल्ला प्रहरी लगायतको टोलीले अनुगमन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*