हेटौंडामा निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ सवारी सवारीसाधन प्रहरीद्वारा नियन्त्रण

हेटौंडा खबर
२३ बैशाख २०७८, बिहीबार २०:५५

निषेधाज्ञाको पालना नगर्ने झन्डै एकसय सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही गरेको छ ।

मकवानपुरका विभिन्न स्थानमा बिहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने  मोटरसाइकल९स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ एउटा गरी जम्मा ९५ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै अटेर गरी पसल संचालन गर्ने हेटौंडाका ५ जना व्यवसायीलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*