हेटौंडामा दुर्घटना : बस र ट्रक ठोक्किदा ११ जना घाइते

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार ०९:४९

हेटौंडामा आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

शुक्रबार बिहान काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बस र विपरित दिशातर्फ जाँदै गरेको ट्रक पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानि स्थित सडकखण्डमा  एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाण्डौबाट आइरहेको ना ७ ख ९१४० नम्बरको बस र हेटौंडाबाट चितवन तर्फ गइरहेको ना ५ ख ४१४६ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाईतेहरुको चुरेहिल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*