हेलिकप्टर चडेर हेटौंडा आइपुगे गृहमन्त्री बादल

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार १२:५०

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन बागमती प्रदेशको राजधानी  हेटौंडा आइपुगेका छन् । उनले हेटौंडामा रहेको निर्वाचन कार्यलयमा मनोनयन दर्ता गराएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको समर्थक रहेर उनले मनोनयन दर्ता गराएका हुन् ।
गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*