राष्ट्रियसभा सदस्य उपनिर्वाचन :  ३ जनाको उम्मेदवारी दर्ता

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार १५:११

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि तीनजनाको उम्मेद्वारी दर्ता भएको छ ।

स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा, नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “बादल” र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उम्मेदवारी परेको हो ।

तिनैजाले हेटौंडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटा र तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । देबकोटाको प्रस्ताबक नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल छन भने समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् ।

त्यस्तै तामाङको प्रस्तावक नेमकिपा वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई छन भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् ।

निर्वाचन कार्यालयले बागमती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकेको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचन यहिँ जेठ ६ गते तोकीएको छ । बागमती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख  २३८ र बागमती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८  मतदाता रहेका छन् ।

निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।  स्थानीय तह र प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*