मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज भए

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार १५:५०

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार दिउसो २ बजेको विवरण अनुसार १५४ जनाको पिसिआर परिक्षण गर्दा १०१ जना र १६४ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ७३  जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका ११३ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १२ जना, मनहरी गाउँपालिकामा १२ जना, कैलाश गाउँपालिकामा ३५ जना, इन्द्रसरोबर गाउँपालिकामा १ जना र बकैयामा १ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् ।

आज सस्थागत आइसोलेसनबाट ५ जना र होम आइसोलेसनबाट १० जना डिस्चार्ज भएको बताइएको छ । मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार १२४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*