हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई कांग्रेस कोभिड अनुगमन समितिद्धारा पिपिई सहयोग

हेटौंडा खबर
२४ बैशाख २०७८, शुक्रबार १७:३६

नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)लाई पुनः प्रयोग गर्न मिल्ने पिपिई सहयोग गरेको छ ।

कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको लागि २५ थान पिपिई सहयोग गरेको अनुगमन समितिका संयोजक उत्सव ईटनीले बताए । उनले आगामी दिनहरुमा पनि सहयोग गर्ने बताएका छन् ।

पिपिई  प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईलाई  हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा तरुण दल नगर अध्यक्ष सुनिल गिरी अनुगमन समितिका सदस्यहरु लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*