हेटौंडाको राप्ति खोलामा प्रहरीको शव भेटियो

हेटौंडा खबर
२५ बैशाख २०७८, शनिबार ११:२४

हेटौंडाको राप्ति खोलामा एकजना प्रहरीको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका १० स्थित शव दाह स्थल नजिकै शनिबार बिहान ८ बजे खोलामा डुबिरहेको अवस्थामा  एक प्रहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता  प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

शव ४७ बर्षिय प्रहरी नायव निरीक्षक केशव बहादुर खत्रीको भएको उनले बताए । प्रहरीका अनुसार खत्री उच्च अदालत पाटन-हेटौंडा इजलाशमा सुरक्षामा खटिएका प्रहरी हुन् ।

बिहान स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । हाल उनको शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल लगिएको र घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*