मकवानपुरमा पछिल्लो २४ घन्टामा १६१ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज भए

हेटौंडा खबर
२५ बैशाख २०७८, शनिबार १५:०२

मकवानपुरमा पछिल्लो २४ घन्टामा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार दिउसो २ बजेको विवरण अनुसार १८४ जनाको पिसिआर परिक्षण गर्दा १४१ जना र ५१ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २०  जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १३७ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा ११ जना, मकवानपुरगढीमा ४, मनहरी गाउँपालिकामा ६ जना, बागमतीमा २, राक्सिरांग गाउँपालिकामा १  जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् ।

आज सस्थागत आइसोलेसनबाट ३ जना र होम आइसोलेसनबाट ६ जना डिस्चार्ज भएको बताइएको छ ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार २८४ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*