हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२६ बैशाख २०७८, आईतवार १३:०३

हेटौंडा अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका २ पुरुष संक्रमितको आइतबार बिहान मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका एकजना र थाहा नगरपालिकाका एक जनाको आज बिहान निधन भएको कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

हिजो शनिबार दिउँसो पनि २ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*