मकवानपुरमा पछिल्लो २४ घन्टामा १६२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

हेटौंडा खबर
२६ बैशाख २०७८, आईतवार १७:४९

मकवानपुरमा पछिल्लो २४ घन्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउसो २ बजेको विवरण अनुसार १७९ जनाको पिसिआर परिक्षण गर्दा १२८ जना र ९० जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३४ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १२९ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १४ जना, गढी गाउँपालिकामा ५, बागमतीमा ३, मनहरी गाउँपालिकामा ४ , राक्सिरांग गाउँपालिकामा १ जना, इन्द्रसरोबर गाउँपालिकामा २ जना, भिमभेदी गाउँपालिकामा ३ जना र बकैयामा १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । आज सस्थागत आइसोलेसनबाट ६ जना र होम आइसोलेसनबाट २८ जना डिस्चार्ज भएको बताइएको छ ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ४४७ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा एकजना थाहा नगरपालिकाका र २ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*