मकवानपुरगढी गाउँपालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने

हेटौंडा खबर
२६ बैशाख २०७८, आईतवार १८:३३

मकवानपुरगढी गाउँपालिकाको एउटा सरकारी गाडी कोभिड संक्रमित बिरामी बोक्नको लागि प्रयोग गरिने भएको छ ।

गाउँपालिकाका कार्यालयमा जनप्रतिनिधिले प्रयोग गर्दै आएको बा।१ झ ९२०४ नम्बरको गाडीलाई कोरोना संक्रमित बोक्नको लागि एम्बुलेन्सको रुपमा  प्रयोगमा ल्याईएको गाउँपालिकाले  एक सुचना जारी गर्दै जानकारी गराएको हो ।

गाउँपालिकाले आफ्नो सवारी वाहेक स्वास्थ्य चौकीको एक एम्बुलेन्सलाई पनि कोभिडका बिरामी बोक्न प्रयोग गरिएको जनाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि आवस्यक परेको बेला बा.१ झ ९२०४ नम्बरको गाडीका चालकलाई ९८४५४०५९२० मा फोन गर्न र अर्को एम्बुलेन्स चालकलाई ९८६५२१०८८८ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*