हेटौंडाको क्याम्पा चौरमा सकेट बम भेटियो

हेटौंडा खबर
२७ बैशाख २०७८, सोमबार १२:१२

हेटौंडामा सकेट बम जस्तो देखिने बस्तु फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका ५ क्यान्पाडाडा स्थित क्याम्पा चौरमा उक्त बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चौरको खेल मैदानमा निर्माणको कार्य भैरहेका र खनिरहेको अवस्थामा सकेट बम जस्तो बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त स्थानमा नेपालि सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*