हेटौंडामा अनुगमन : मासु पसललाई कारवाही

हेटौंडा खबर
२७ बैशाख २०७८, सोमबार १३:१२

हेटौँडाका ३ वटा मासु पसल कारवाहीमा परेका छन् ।

दर्ता तथा अनुमति बिना संचालित हेटौंडाका मासु पसललाई सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले कारवाही गरेको हो

घरेलु तथा साना उद्योगको कार्यालयमा दर्ता नगरी निर्वाध पसल संचालन गरेको भन्दै ३ वटा मासु पसललाई जरिवाना गरेको हो । हेटौंडाको सलिना मिट सप, संगम मिट सप र प्रतीक मिट सपलाई रु १० हजारका दरले जरिवाना गरिएको हो ।

त्यस्तै सरसफाईको व्यवस्थापनमा अत्यन्तै लापरबाही गरिएको भन्दै अनुगमन टोलीले बिक्की फ्रेस मिट सपलाई ५ हजार रुपैँया जरीवाना गरेको छ ।

टोलीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी सृजना महर्जन, उपभोक्ता हित संरक्षण मञ्च का बासु खतिवडा, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसमेतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*