हेटौंडामा “अटो एम्बुलेन्स” संचालन गरिने

हेटौंडा खबर
२७ बैशाख २०७८, सोमबार १६:३६

हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँका हरेक वडामा अटो एम्बुलेन्स संचालन गरिने भएको छ ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिरामी बोक्नका लागि अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने निर्णय गरेको हो ।

बैठकले नेपाल अटो तथा विद्युतीय यातायात प्रा.लि.ले हेटौडा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरूसँग आवश्यक समन्वय गरी प्रत्येक वडामा २-२ वटा अटो “अटो एम्बुलेन्स” को रूपमा संचालन गर्ने भनि निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले स्थानीय तहबाट ज्येष्ठ नागरिकहरूलाई वितरण गरिदै आइएको सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा हाल बैंकमार्फत वितरण गर्दा जोखिम समूहमा रहेका ज्येष्ठ नागरिकहरूमा संक्रमणको थप जोखिम हुनसक्ने देखिएको हुँदा स्थानीय तह अन्तर्गतका सम्बन्धित वडाका वडा अध्यक्षहरूले सम्बन्धितहरूको घरमा गई वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*