नेपालमा थप १३९ संक्रमितको मृत्यु, ९२७१ जनामा कोरोना पुष्टि

हेटौंडा खबर
२७ बैशाख २०७८, सोमबार १८:५१

पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।

मन्त्रालयका अनुसार १३९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*