हेटौंडाका सिडिओको कुरा मात्र ठुला, निषेधाज्ञा जस्तो छैन हेटौंडा

हेटौंडा खबर
२८ बैशाख २०७८, मंगलवार १४:२३

हेटौंडामा कोरोना संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । कोभिडको दोस्रो लहर सुरुभएपछी हजारौं संक्रमित थपीइसकेका छन् ।

कोरोना माहामारी नियन्त्रण र रोकथामका लागि सरकारले देशको विभिन्न जिल्लामा निषेधाज्ञा पनि गरेको छ ।  तर नेपालमा संक्रमण दर र मृत्यु दर दिनदिनै उकालो लागिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावस्यक वाहेकका सबै व्यवसाय बन्द गरेको छ ।

तर हेटौंडा बजारमा भने सवारी जाम नै हुने गरी भिडभाड हुने गरेको छ ।

उता प्रशासन कार्यालयमा सिडिओले सधै बैठक राखेर सधै विभिन्न निर्णय र आदेश गर्ने गर्छन् तर जिल्ला प्रशासनको निर्णय कुनैपनि कार्यनयन भने हुदैन ।

प्रशासनले बिहान ५ देखि ८ बजेसम्म अत्यावस्यक भन्दै खाद्यान्न, दुध,पानि,माछा मासुको व्यवसायलाई संचालन गर्न अनुमति दिएको छ तर यतिबेला हेटौंडा बजारमा सवारीको जाम नै हुने गरी भिडभाड हुन्छ ।

मंगलबार पारिजातपथमा सवारी नै जाम हुने गरी भिड थियो । ब्यापारीले आधा सटर  खोलेर ब्यापार गरिरहेका थिए भने ग्राहकले ठेलमठेल गरी सामान किनिरहेका थिए ।

उता जिल्लाका सिडिओले भने आफुले गरेको निर्णय कडाईका साथ् लागु गर्ने र गरिरहेको बताएका छन् तर हेटौंडा बजारको अवस्था हेर्ने हो भने त्यसो छैन ।

कोरोना माहामारी तिब्ररुपमा बढ्दै गैरहेका बेला हेटौंडामा भने न यहाँका स्थानीयमा चेतना जागेको देखिन्छ न प्रशासनले आफ्नो निर्णय कार्यानयन नै गराउन सकेको छ  । निषेधाज्ञा कार्यानयन गराउन केहि स्थानमा बसेका प्रहरी भने रमिते बनेर बसेको देखिन्छ । प्रहरीको काम बाटोमा बसेर पानि पर्दा घाम ताप्ने र घाम लाग्दा सितलमा बस्ने बाहेक केहि गरेको देखिएको छैन ।

हरेक दिनको बैठकमा निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिने भनि लेखिएको त हुन्छ, तर सिडिओको निर्णय र निर्देशनले काम नगर्दा यी विविध कारणले हेटौंडामा कोरोना संक्रमण थप फैलिने अनुमान लगाउन सकिन्छ ।

यसले के प्रष्ट हुन्छ भने हालका मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेले गरेका निर्णय कागजमै सिमित भैरहेका छन् । उनको काम भन्दा कुरै मात्र ठुला भएका छन् ।

मंगलबार बिहान हेटौंडा बजारका केहि तस्विरहरु यस्ता छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*