मकवानपुरमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा खबर
२९ बैशाख २०७८, बुधबार १५:५४

मकवानपुरमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

दिउसो २ बजेको विवरण अनुसार २५८ जनाको पिसिआर परिक्षण गर्दा १७७ जना र १०३ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३६ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १७२ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १४  जना, गढी गाउँपालिकामा ४ , बागमतीमा १ , मनहरीमा १४,  इन्द्र सरोबरमा १, भीमफेदीमा ५ र बकैयामा २ जना  कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ६६ जना डिस्चार्ज भएका छन् ।

आज सस्थागत आइसोलेसनबाट ४ जना र होम आइसोलेसनबाट ६२ जना डिस्चार्ज भएको बताइएको छ ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ९५५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*