हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितको निधन

हेटौंडा खबर
२९ बैशाख २०७८, बुधबार १६:२४

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ पुरुष संक्रमितको मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका ३ निवासी ६६ बर्षिय पुरुषको हिजो बेलुकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै आज बिहान हेटौंडा उपमहानगरपालिका १ निवासी ५० बर्षिय पुरुष र भीमफेदी गाउँपालिका ६ निवासी ५९ बर्षिय एक पुरुष संक्रमितको निधन भएको अस्पतालले जनाएको छ  ।मकवानपुरमा पछिल्लो २४ घन्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

दिउसो २ बजेको विवरण अनुसार २५८ जनाको पिसिआर परिक्षण गर्दा १७७ जना र १०३ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ३६ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १७२ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*