हेटौंडामा निषेधाज्ञा थप कडा पारिने, बजार क्षेत्र शिल गर्ने तयारी

हेटौंडा खबर
२९ बैशाख २०७८, बुधबार १८:२६

कोरोना संक्रमित बढ्दै गएपछि हेटौंडामा निषेधाज्ञा थप कडा बनाईने भएको छ ।

बुधबार हेटौंडामा बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकले निषेधाज्ञा थप कडा बनाउने र १३ गते सम्म निषेधाज्ञा लम्ब्याउन प्रस्ताव गरेको छ ।

बैठकमा हेटौंडाको मुख्य बजार क्षेत्र शिल गर्ने बिषयमा पनि छलफल भएको छ । उत्तरमा चौकीटोल,दक्षिणमा कर्रा पुल, पुर्वमा ५ नम्बर वडा र पश्चिममा राप्ति पुलसम्म शिल गरिने बारे छलफल भएको हो ।

त्यस्तै हेटौंडाका तरकारी बजार र मासु पसल पूर्णरुपमा बन्द गरिने बताइएको छ  ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हाल जिल्लाका चार स्थानीय तहमा निषेधाज्ञा लागु गरेको छ । हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग सँग जोडिएका पाँच सय मिटर दायाँबाँयामा बैसाख मसान्तसम्म निषेधाज्ञा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*