संक्रमितले भरियो हेटौंडा अस्पतालको कोभिड उपचार कक्ष

हेटौंडा खबर
२९ बैशाख २०७८, बुधबार २०:२५

हेटौंडा अस्पतालको कोरोना संक्रमित उपचार कक्ष भरिएको छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्ष आइसीयु र एचडियु सबै भरिएको अस्पतालले जनाएको छ ।

वार्डमा पनि केहि बेडमात्र बाकि रहेको अस्पतालका कोभिड-१९ इन्चार्ज डाक्टर सागर काफ्लेले बताए ।

उनका अनुसार आइसीयु भरिएपछी संक्रमितले पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ ।

“अहिले इमर्जेन्सीमा ८ जना संक्रमित कुरेर बस्नुभएको छ, को मर्छ र बेड पाइन्छ भनेर बस्नुपर्ने अवस्था भैसक्यो”, काफ्लेले भने ।

अस्पतालमा कोरोना संक्रमितको लागि निर्माण गरिएको १४ वटा आइसीयु र ५ वटा भेन्टिलेटर सबै भरिएकोछ भने एचडियु कक्षको १८ वटै बेड भरिएको उनले बताए ।

आइसीयुबाट निस्किएका र नाजुक अवस्थामा नपुगेका बिरामी राखिने स्टेप डाउन वार्डमा पनि १६ वटा बेडमा ५ वटा मात्र खालि रहेको बताइएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published.


*