हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
३० बैशाख २०७८, बिहीबार १४:४०

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ३ पुरुष संक्रमितको मृत्यु भएको हो ।

हेटौंडा उपमहानगरपालिका ४ निवासी ६० बर्षिय पुरुष र हेटौंडा ७ निवासी ७८ बर्षिय पुरुष संक्रमितको बिहिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै केहीबेर अघि रौतहट निवासी ६५ बर्षिय पुरुष संक्रमितको निधन भएको अस्पतालले जनाएको छ  ।

मकवानपुरमा पछिल्लो २४ घन्टामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु भएकाको संख्या ५१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*