हेटौंडा अस्पतालमा ६ घन्टाको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
३० बैशाख २०७८, बिहीबार १६:२१

हेटौंडा अस्पतालमा ६ घन्टाको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा बिहिबार बिहानदेखि दिउसोसम्ममा ४ संक्रमितको निधन भएको हो । बिहान ८-१५ मा हेटौंडाका एक पुरुष संक्रमितको मृत्यु भएको थियो भने बिहान ११-५० मा अर्का एक पुरुषको निधन भयो ।

त्यस्तै दिउसो साढे १ बजे रौतहट निवासी ६५ बर्षिय पुरुष संक्रमितको निधन भयो भने १-५० मा हेटौंडाकी अर्का एक संक्रमित महिलाको निधन भयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको आइसीयु र भेन्टिलेटरमा उपचार गराइरहेकाहरुको कोरोना संक्रमणका कारण निधन भएको अस्पतालले जनाएको छ ।

मकवानपुरमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गए संगै मृत्यु दर पनि बढिरहेको छ । हालसम्म जिल्लामा ४६जनाको कोरोनाको कारण निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*