राष्ट्रपति कार्यालयले भन्यो : बहुमतको सरकारका लागि कसैको दाबी परेन

हेटौंडा खबर
३० बैशाख २०७८, बिहीबार २१:३८

राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ ।

बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

उक्त समयमा दाबी नपरेको औपचारिक जानकारी भर्खरै विज्ञप्तिमार्फत् राष्ट्रपति कार्यालयले गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*