हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, नयाँ बिरामी भर्ना गर्न नसकिने

हेटौंडा खबर
३१ बैशाख २०७८, शुक्रबार १५:३५

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचाररत कोरोना संक्रमितको उपचारको लागि अक्सिजन सकिएको अस्पतालले जनाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै अस्पताल संचालन तथा व्यवस्थापन समितिले आजैदेखि भर्ना भएका बिरामीलाई अक्सिजन दिन नसकिने जनाएको हो ।

“हेटौडा अस्पतालले संक्रमणको शुरुवाती चरणदेखि निरन्तर रुपमा COVID -19 समित बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आइरहेकोमा आजै देखि संक्रमण भै भर्ना भएकालाई अक्सिजन दिई उपचार गर्नुपर्ने बिरामीहरुको लागि आवश्यक पर्ने अक्सिजनको अभान भै अब विरामी भर्ना गर्न र उपचाररत विरामीहरुको लागि अक्सिजन दिने कार्यका समस्या सृजना भएको छ” अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

अस्पतालको कोभिड १९ उपचार कक्ष आइसीयु र एचडियुका सबै बेड भरिएको अस्पतालले जनाएको छ । वार्डमा पनि बिरामी राख्ने ठाउँ नभएको अस्पतालले जनाएको छ ।

‘अक्सिजनको जोहो नभएसम्म अस्पतालमा बिरामी भर्ना हुनसक्ने अवस्था छैन बिरामी राख्ने ठाउँ पनि छैन’, अस्पताल स्रोतले बतायो ।

अक्सिजन अभावकै कारण यहाँका बिरामीलाई अन्य अस्पतालसंग सहकार्य गरी रिफर गर्ने तयारी समेत भएको स्रोतले बताएको छ ।

प्रशासनले केहिदिन अघिसम्म जिल्लामा अक्सिजन अभाव नहुने बताएतापनि शुक्रबारदेखि कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावकै कारण समस्या उत्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*