सिडिओ र मन्त्रालयले स्टक छ भनेको केहिदिनमै हेटौंडामा अक्सिजन अभाव, सबै निकाय मौन

हेटौंडा खबर
३१ बैशाख २०७८, शुक्रबार १७:०३

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेले केहिदिन अगाडी कार्यालयमा संचारकर्मीसंगको छलफलमा भनेका थिए, ‘जिल्लामा अक्सिजनको अभाव हुदैन, यहाँ अक्सिजन नपाएर कुनै बिरामी उपचारबाट बन्चित हुनु पर्दैन’ ।

तर उनले यो भनेको एकहप्ता बित्न नपाउदैं हेटौंडामा अक्सिजनको हाहाकार भएको छ कोरोना संक्रमित अक्सिजन नपाएरै मृत्यु वरण गर्नुपर्ने अवस्था पुगेका छन् । प्रशासनले बेलैमा तयारी गर्न नसक्दा कोरोना संक्रमित उपचार पाउँनबाट बन्जित भएका हुन् ।

कोरोना माहामारी तिब्ररुपमा बढ्दै गएपछि जिल्लामा भयावह स्थिति सृजना भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा सरकारले बेलैमा यस प्रति चासो नदिदा अवस्था भयावह बनेको हो ।

हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्ष सबै भरिएका छन् भने थप बिरामीको उपचार गर्ने ठाउँ छैन । उता अक्सिजन अभाव भएकाले अब उपचार गर्न नसक्ने भन्दै अस्पताल संचालन तथा व्यवस्थापन समितिले एक बिज्ञप्ति निकालेर उपचार गर्न नसक्ने अवस्था आएको बताएको छ ।

उता यहाँका निजि २ अस्पतालले पनि आजैदेखि कोभिडका बिरामी उपचार गर्न नसक्ने बताएका छन् । हेटौंडा अस्पताल बाहेक मकवानपुर सहकारी र चुरेहिल अस्पतालमा कोभिडका बिरामीको उपचार हुदै आइरहेको थियो ।

सरकारले बेलैमा अक्सिजनको जोहो गर्न नसक्दा हेटौंडामा कोरोना संक्रमितले उपचार नपाउने भएका छन् । तर यसप्रति सरकार भने मौन बसेको छ प्रदेशको सामाजिक बिकास मन्त्रालयले पनि यस अघि यहाँ अक्सिजन अभाव हुन नदिने बताएको थियो । आफुसंग स्टकमा अक्सिजन रहेको र अन्य जिल्लाका अक्सिजन यहाँ मोभिलाइज गर्ने मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तम सेडाईले बताएका थिए । तर जिल्ला प्रशासन र प्रदेश सरकारको झुटका कारण जिल्लामा कोरोना संक्रमितले अक्सिजनको अभावमा मृत्यु वरण गर्नुपर्ने अवस्था सृजना हुन लागेको छ ।

यस बिषयमा हामीले मन्त्रालयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन । मन्त्रालयले पनि यसबारे हालसम्म मौन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*