हेटौंडामा हेलिकप्टरमा ल्याइएको अक्सिजन कन्सन्ट्रेटर’ के हो ?

हेटौंडा खबर
३१ बैशाख २०७८, शुक्रबार १९:१९

हेटौंडामा हेलिकप्टरबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव भएपछी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि काठमाडौंबाट ८ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको हो ।

के हो ? अक्सिजन कन्सन्ट्रेटर

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो ।

हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ ।

यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ ।अक्सिजन कन्सन्ट्रेटरले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ् ।

यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*