डोरमणिको सरकारले बेलैमा ध्यान नदिदा हेटौंडामा बिरामीले उपचार पाएनन्, अक्सिजनको हाहाकार मच्चियो

रविन्द्र गौतम
१ जेष्ठ २०७८, शनिबार ०९:२६

बागमती प्रदेशको राजधानी हेटौंडाको एकमात्र सरकारी जिल्ला अस्पताल ‘हेटौंडा अस्पताल’ ।

हाल बागमती प्रदेशको सरकारले यसलाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्ने भनि संचालन समिति परिवर्तन गरेको छ । संघिय सरकारले कुनै अनुमति वा लिखित जिम्मेवारी नदिएपनि प्रतिष्ठानको नाममा यो संचालित छ ।

तर राजधानीकै ठुलो अस्पतालमा हाल बिरामीले उपचार पाउन छाडेका छन् । कोरोनाको माहामारीले संक्रमित बढेपछी हेटौंडा अस्पतालमा अक्सिजन सकिएको छ । यहाँ अक्सिजनको हाहाकार चलेपछि अस्पतालले बिरामीको उपचार गर्न सक्दैनौं भन्दै सुचना निकालिसकेको छ । अक्सिजन अभावकै कारण विरामीले मृत्यु वरण गर्नुपर्ने अवस्था सृजना भैसकेको छ । माहामारी अधि अस्पतालमा दैनिक २० देखि ३५ सिलिन्डर अक्सिजन खपत हुने गर्थ्यो तर कोरोनाको माहामारी संगै दैनिक खपतको संख्या १०० , १५० हुदै २५० नाघेपछि हाराकार मच्चियो ।

तर यसबारे सरकारले तत्काल अक्सिजनको ग्यारेन्टी गरी उपचारलाई सहज बनाउनुको साटो नयाँ बिरामीलाई भर्ना गर्न सक्दैनौं भन्दै सुचना निकाल्यो ।

हाल हेटौंडा अस्पतालमा स्टेप डाउन वाड, एचडियु र आइसीयु गरी लगभग ५० शैयाको कोभिड उपचार कक्ष बनाइएको छ । तर ३ दिनदेखि सबै बेड भरिएका छन् भने २ दिन त संक्रमितले इमर्जेन्सी र भुईमै बसेर पालो कुर्दै उपचार गराए । शुक्रबारदेखि अक्सिजनको हाहाकार मच्चिन थाल्यो ।

राजधानीकै अस्पतालमा परदेश सरकारले स्वास्थ्यका सामान्य बिषयमा बेलैमा ध्यान नदिदा अवस्था भयावह बनेको छ । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउन हतारिएको सरकारले अस्पतालको यसअघिको अवस्थालाई थोरै पनि परिवर्तन गर्न सकेको छैन । स्वास्थ्य क्षेत्रमा कुनैपनि सुधारका काम भएका छैनन् । तर उल्टो अस्पतालमा राजनीति हावी भयो भन्ने चौतर्फी आलोचना बढ्दै गैरहेको अवस्था छ ।

 अक्सिजन प्लान्टको लागि ६ महिना अघिनै प्रस्ताव पेश गरिएको थियो  ।

कोभिडकै माहामारी यो पहिलो पटक होईन । यस अघिनै माहामारिले ठुलो पाठ सिकाएको थियो । समयमै काम नगर्दा र पछी आउने भवितव्यलाई नजरअन्दाज गर्न खोज्दा आउन सक्ने परिणाम यहाको प्रदेश सरकारले नदेखेको पनि होईन । तर जनताको स्वास्थ्य सुरक्षा प्रति थोरै पनि गम्भीर नभएकै कारण अवस्था भयावह बनेको छ  ।

कुरा गरौँ  अक्सिजन प्लान्टको । यसअधि करिव ६ महिना पहिलेनै यसबारे कुरो निस्किएको थियो  । हेटौंडा अस्पताल सुधारका लागि यसअघिको अस्पताल विकास समितिले २९ वटा बुदामा विभिन्न कार्य गर्नुपर्ने भनि मुख्यमन्त्री कार्यालय र प्रदेशको सामाजिक बिकास मन्त्रालयमा पेशा गरिएको थियो ।

२९ वटा कार्यका लागि लगभग ७२ करोडको अनुमानित रकमको बिषयमा केहि अस्पतालको तर्फबाट र केहि प्रदेश सरकारको बजेटले अस्पताल सुधारका काम अघि बढाउने भनि लिखित रुपमा प्रपोजल पेश गरिएको थियो । जसमा अक्सिजन प्लान्ट अति आवस्यक र महत्वपूर्ण बुदामा राखिएको थियो ।

बैसाख १ गतेदेखि नै नयाँ भवनबाट संचालन हुने र अस्पताल ३०० शैयाको बनाएपछि अक्सिजन प्लान्ट पनि त्यहिँ अनुसारको निर्माण गर्नुपर्ने आवस्यकता भएकाले प्लान्टको लागि प्रस्ताव पेश गरिएको यसअघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल बताउछन् ।

तर यस बिषयलाई न डोरमणि पौडेलको कार्यालयले सुन्यो न सामाजिक बिकास मन्त्रालयले नै कुनै रेस्पोन्स गर्यो । यसैको फल स्वरूप अहिले हेटौंडामा बिरामी  अक्सिजन नपाएर छटपटाउन बाध्य बनिरहेका छन् । जिल्लामा अक्सिजन सकिएको छ, कोरोनाको बिरामी दिनप्रतिदिन बढ्दै जादा यहाका निजि अस्पतालले समेत संक्रमितको उपचार गर्न नसक्ने बताइसकेका छन् ।  अन्य जिल्लाबाट आउने अक्सिजनसमेत जिल्ला-जिल्लामै रोकिएकाले यहाँ अक्सिजनको हाहाकार मच्चिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*