हेटौंडामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा खबर
२ जेष्ठ २०७८, आईतवार ११:४६

हेटौंडामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचार गराइरहेका ५ जना र एक होम आइसोलेसनमा रहेको संक्रमितको मृत्यु भएको हो ।

शनिबार साझ पौने ८ बजे अस्पतालको आइसीयुमा उपचाररत हेटौंडा ४ निवासी ७३ बर्षिया एक महिलाको निधन भएको छ । त्यस्तै बारा निवासी वर्ष ४६ को एक पुरुषको इमर्जेन्सी वार्डमा र हेटौंडा २ बस्ने ६४ बर्षिय संक्रमितको आइसीयुमा निधन भएको हो ।

त्यस्तै आइतबार बिहान हेटौंडा उपमहानगरपालिका १४ निवासी ७४ बर्षिया महिलाको अस्पतालको इमर्जेन्सी वार्डमा निधन भएको हो भने हेटौंडा ८ की ६१ बर्षिया महिलाको आइसीयु कक्षमा निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै आज बिहान होम आइसोलेसंमा रहेकी हेटौंडा १४ निवासी ४८ बर्षिया एक महिला संक्रमितको पनि निधन भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*