मकवानपुरमा पछिल्लो २४ घन्टामा १७२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

हेटौंडा खबर
३ जेष्ठ २०७८, सोमबार १६:१४

मकवानपुरमा पछिल्लो २४ घन्टामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

दिउसो ३-१५ बजेको विवरण अनुसार २७९ जनाको पिसिआर परिक्षण गर्दा १५२ जना र ४७ जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा २० जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १५२ जना छन् ।

थाहा नगरपालिकामा २ जना, बागमती  गाउँपालिकामा २ , मनहरीमा १०, भीमफेदीमा ५ र राक्सिरांगमा १ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका छन् ।

आज सस्थागत आइसोलेसनबाट ९ जना र होम आइसोलेसनबाट ८७  जना डिस्चार्ज भएको बताइएको छ ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ७१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा हेटौंडामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म कोरोना संक्रमणका कारण ६३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*