नेपालमा थप १९६ जनाको मृत्यु , ८ हजार २०३ जनामा कोरोना संक्रमण

हेटौंडा खबर
४ जेष्ठ २०७८, मंगलवार १७:५९

कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा १९६ जनाको मृत्यु भएको छ भने ८ हजार २०३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर २० हजार ९७९ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १९६ जनाको ज्यान गएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ।

आज ६ हजार ८९१ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*