हेटौंडा अस्पतालमा उद्योग संघले ‘अक्सिजन प्लान्ट’ बनाइदिने

हेटौंडा खबर
४ जेष्ठ २०७८, मंगलवार २०:०४

हेटौंडा अस्पतालमा उद्योग संघ मकवानपुरले अक्सिजन प्लान्ट निर्माण गरिदिने भएको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको लागि विभिन्न सहयोग जुटाएर अक्सिजन प्लान्ट निर्माण गरिदिन लागेको उधोग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले बताए ।

आउदो जेठ १६ गते भित्र प्लान्ट निर्माण गर्न कन्ट्याक्टरसंग सम्झौता गरिने र एक महिना भित्र निर्माण सक्ने पोखरेलले बताए ।

११० ओटा अक्सिजन सिलिण्डर उत्पादन क्षमता भएकाे अक्सिजन प्लान्ट स्थापना गर्नेगरी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र उद्योग संघ संग  सम्झौतामा भएको अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले बताए  ।

उधोग संघ मकवानपुरका अध्यक्ष पोखरेलका अनुसार १ करोड २८ लाख लागतमा प्लान्ट निर्माण गरिने छ ।

उद्योग संघ मकवानपुरसंग आवद्द सदस्य उधोग प्रतिष्ठानहरुको सहयोगमा अस्पतालमा प्लान्ट निर्माण गरिदिन लागेको अध्यक्ष पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*