हेटौंडाको भुटनदेवी स्कुलमा राष्ट्रिय सभाको उपनिर्वाचन, सम्पूर्ण तयारी पुरा

हेटौंडा खबर
५ जेष्ठ २०७८, बुधबार १८:१७

भोलि हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले जनाएको छ । हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी स्कुलमा बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ ले जानकारी दिए ।

सम्पूर्ण स्वास्थ्य मापदण्डको पालन गरी निर्वाचन गराउने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि मुख्य बुथ २ वटा र एउटा बिशेष बुथ गरी ३ निर्वाचन केन्द्र बनाइने बताइएको छ । जसमा एउटा बुथ सांसदको लागि, एउटा मेयर–उपमेयर र गाउँपालिका प्रमुख, उप–प्रमुखको लागि र एउटा कोरोना संक्रमण पुष्टि भएका मतदाताका लागि छुट्टाइएको छ ।

संक्रमित मतदाता र अन्य मतदाताहरूका लागि छुट्टाछुट्टै गेटबाट मतदान स्थलमा प्रवेश गर्ने र बाहिरिने व्यवस्था मिलाइएको छ । मतदानमा सहभागी हुन आउनेले पूर्णरुपमा सामाजिक दुरी कायम गरी बस्नुपर्ने नियम बनाइएको छ भने मतदान गर्न जादा मोवाइल वा क्यामरा लिएर जान नपाइने जनाइएको छ ।

कसैले जवर्जस्ती मोबाइल लागे मतदान अधिकृतले हस्तक्षेप गर्न पाउने अधिकार दिईएको निर्वाचन अधिकृत श्रेष्ठ उनले बताए । मतदाताको लागि कोरोनाको रिपोर्ट भने अनिवार्य गरिएको छैन । निर्वाचनमा पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रुपमा मतदान सक्ने गरी तयारी गरेको निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले जनाएको छ ।

त्यस्तै नेपालि सेनाले मतदान गर्न आउनेलाई होल्ड गराउन स्कुलको चौरमा होल्डीग सेन्टर बनाएको छ ।

निर्वाचनका लागि तिनैजना उम्मेदवार हेटौंडा आइसकेका छन् । भोलि हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली कांग्रेस र मावोबादी केन्द्रका साझा उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङ हेटौंडा आइसकेका छन् ।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।

प्रधानमन्त्रीले संबिधानको उल्लङ्घन गरे

भोलिको निर्वाचनबारे जानकारी गराउन मतदान स्थलमा पत्रकार सम्मेलन गरिएको थियो। त्यहाँ उपस्थित केहिले प्रधानमन्त्रीले संबिधान उल्लङ्घन गरेको बताए ।

निर्वाचन अधिकृतले निर्वाचनका बारे जानकारी गराइरहेका बेला धादिंङ निलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुंगानाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले कारवाही गर्नुपर्ने माग राखे । निर्वाचनको अघिल्लो दिन प्रधानमन्त्रले निर्वाचन आचार संहिता बिपरित गैरकानुनीकाम प्रधानमन्त्रीले गरेको उनको भनाइ छ ।

उता निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले भने त्यस्तो भएको छ भने औपचारिक रुपमा जानकारी गराउन आग्रह गरेका छन् । त्यसो गरेको पाइएमा आफुले सम्बन्धित ठाउमा जानकारी गराउने बताए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको अघिल्लो दिन बुधबार दिउसो पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपील गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*