अबदेखि हेटौंडामा दुध र तरकारी टोल-टोलमै आईपुग्ने

हेटौंडा खबर
५ जेष्ठ २०७८, बुधबार १८:५६

अबदेखि निषेधाज्ञा भर हेटौंडामा दुध र तरकारी टोलमै आईपुग्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको निर्णय अनुसार अबदेखि दुध तथा तरकारी विक्रेताहरूले सहकारी संस्थाहरूमार्फत जनस्वास्थ्यका मापदण्ड
अनिवार्य पालना गरी मोबाईल भ्यानको प्रयोग गरी टोल-टोलमा गई विक्री वितरण गर्न सक्ने भनि निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले हेटौंडामा जेठ १३ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ । खाद्यान्न तथा फलफुल,तरकारी बजारमा अत्याधिक भिडभाड बढेपछी आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भोलिदेखि हेटौंडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पा डाडा, पश्चिममा राप्ति पुल, उत्तरमा चौकीटोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने निर्णय प्रशासनले गरेको छ ।

भोलिदेखि हेटौंडामा औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने निर्णय प्रशासनले गरेको छ ।

अब कुनैपनि कामको लागि बाहिर निस्कन पाइने छैन । यसअघि प्रशासनले मंगलबार र शुक्रबार बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न पाईने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*