हेटौंडामा सकियो मतदान, खस्यो ३३८ मत

हेटौंडा खबर
६ जेष्ठ २०७८, बिहीबार १५:५१

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ ।

प्रदेशका ३ सय ४७ मतदाता मध्ये ३ सय ३८ मत खसेको छ ।

स्थानीय तहबाट दुई सय ३८ मतदातामा  २ सय ३३ मत खसेको छ । प्रदेश सभाबाट १०९ मतदाता मध्य १०५ मत खसेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मतगणनाको नतिजा  भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो  ।

मतगणना साँझ अपरान्ह साढे ४ बजेदेखि शुरु गरिने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*