खिमलाल देवकोटाले जिते, बादल पराजित

हेटौंडा खबर
६ जेष्ठ २०७८, बिहीबार १८:१६

राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा बिजयी भएका छन् ।

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई उनले हराएका छन्  ।स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३ मत प्राप्त गरे भने स्वस्तंत्र उम्मेदवार खिमलाल देवकोटाले १२८ मत प्राप्त गरे ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङले २ मत प्राप्त गरे ।बागमती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*