एकैदिन हेटौंडामा ‘बादल’लाई डबल झट्का, पद खुस्किएपनी स्कटिङमै फर्किए 

हेटौंडा खबर
६ जेष्ठ २०७८, बिहीबार १९:४९

राष्ट्रियसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका खिमलाल देवकोटा बिजयी भएका छन् । आज हेटौंडाको भटन्देवी स्कुलमा भएको मतदानमा गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादललाई हराएका हुन् ।

मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याएर बिजयी बनेका हुन् ।

स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३ मत प्राप्त गरे भने स्वस्तंत्र उम्मेदवार खिमलाल देवकोटाले १२८ मत प्राप्त गरे । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङले २ मत प्राप्त गरे ।बागमती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

आज दिउसोबाटै पुर्व गृहमन्त्री बनेका बादललाई डबल झट्का लाग्यो । हेटौंडामा बिहानैदेखि पानी परिरहेको थियो । झरीमा छाता ओढेर मतदान स्थलको अवलोकन गरेका थिए । बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकियो । बिहानै ९ बजे  साढे ४ बजेदेखि मतगणना सुरु भयो ।

यता मतगणना सुरु हुदै गर्दा उता सर्वोच्च अदालतबाट अशुभ खबर आयो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्यो ।

बिहानदेखि मतदात स्थलमा मुख्यमन्त्री डोरमणि पौडेल संगै चौरमा राखिएको टेन्ट भित्र बसेका बादल दिउसो साढे २ बजेतिर मतदान स्थलबाट हेटौंडाको होटल एबोकाडोमा पुगे ।

करिव साढे २ बजे मतदान स्थलबाट बाहिरिएका बादल होटलमा पुगेर त्यहाबाट एमाले पार्टी कार्यालय हुदै पुनः मतदान स्थलमा आउने भनिएको थियो तर उनलाई अदालतको निर्णयले झट्का लागेपछि उनि कतै गएनन् ।

राष्ट्रियसभाको मतगणना आइरदा उनको गृहमन्त्री पद चिप्लिसकेको थियो । एकैछिन पछी स्थानीयतहको मत परिणाममा उनलाई खिमलाल देवकोटाले पछारिसकेका थिए । एकैछिन पछी प्रदेश सांसदको पनि परिणाम आयो, त्यसमा पनि देवकोटाले नै बाजी मारे ।

त्यसपछि बादललाई अर्को झट्का लाग्यो । ऊनी अब होटलबाट मतगणना स्थलमा जाने कुरै भएन ।

उनि साझ साढे ५ बजे उनि बसेको होटल एबोकाडोबाट बाहिरीए । बादल हेटौंडा आउदा झण्डावाल गाडीमा, स्काटिंग सहित आएका थिए तर उनको पद चिप्लिए । पछीपनि उनि हेटौंडाबाट बाहिरिदा झण्डावाल गाडीसहित प्रहरीले स्कटिङ गरेर उनलाई मकवानपुर कटाएको छ ।

हेटौंडाबाट साढे ५ बजे साझ निस्किएका उनलाई जिल्ला प्रहरी कार्यालयले स्कटिङ गरेर मनहरीसम्म पुर्यायो । त्यसपछि इन्स्पेक्टरको कमाण्डमा मनहरिबाट चितवन र मकवानपुरको सिमानाको लोथर सम्म पुर्याइयो ।

त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयका चितवनका एसपीले स्कटिङ गरेर लगेका छन् ।  उनको पद चिप्लिएपनि उनि बाहालवाला मन्त्री सरह झन्डावाल गाडीमा स्कटिङमा साथ काठमाडौं फर्किएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*